पोखरा, बैशाख ५ गते ।विवेकशील साझा पार्टी गण्डकी प्रदेशले स्याङ्जामा जिल्ला समिति घोषणा गरेको छ । आइतबार वालिङमा एक भेलाको आयोजना गरी युवा व्यवसायी भीम नारायण कोइरालाको संयोजकत्वमा २१ सदस्यीय स्याङ्जा जिल्ला समिति घोषणा गरिएको हो । सो समितिको सहसंयोजकमा पूर्व प्रधानअध्यापक एवम् समाजसेवी दीर्घप्रसाद सुवेदी चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा रमेश सुवेदी, नवीन खनाल, पूर्ण वाग्ले उपाध्याय, महेन्द्र ढकाल, रमेश लामिछाने, अमृत सुनार, अर्जुन लामिछाने, कृष्णप्रसाद खडाल, अमृत तिवारी, विवेक थापा, लिला अर्याल, मनिषा खनाल, सुन्दर रेग्मी, चक्रपाणी खनाल, नेत्र प्रसाद सुवेदी, सागर खनाल, कमल थापा, धनबहादुर क्षेत्री, सुरज रेग्मी हरपल चयन भएका छन् ।
सो भेलामा नवघोषित संयोजक कोइरालाले प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै वैकल्पिक राजनीतिको अभियान र विचारलाई अब गाउँ गाउँमा लैजाने योजना रहेको बताए ।कार्यक्रममा विशेष वक्ताको रुपमा स्तम्भकार दीनकर नेपाल उपस्थित थिए । नवाघोषित कार्यसमितिलाई शुभकामना तथा बधाई व्यक्त गर्दै स्तम्भकार नेपालले पार्टीको नेतृत्वपंक्तीले साधारण सदस्यलाई भेट्न र कुरा सुन्नका लागि सँधै प्रेरित हुनपर्ने आवश्यकता औँलाउँदै नेताले सदस्यलाई होइन अब सदस्यले नेतालाई आफ्ना कुरा बताउनु पर्ने मा जोड दिए । पार्टीको कुनै पनि पंक्ति र शक्तिको श्रोत साधारण सदस्यको मत अर्थात् विचार भएको तथ्यलाई नेतृत्वपंक्तीले भुल्न नहुने बताए ।
कार्यक्रममा विवेकशील साझा पार्टीका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख निर्देश सिलवालले पार्टीको पछिल्लो गतिविधी र भावी कार्ययोजनाबारे प्रकाश पार्दै अबको महाधिवेशनपश्चात् पार्टी वैचारिक हिसाबले अझ बढी परिपक्क, प्रष्ट र चलायमान हुने बताए । कार्यक्रममा गण्डकी प्रदेश संयोजक तथा केन्द्रीय सचिवालय सदस्य महेश भण्डारीले गण्डकी प्रदेशमा पार्टीको समायोजन तथा बिस्तार यही बैशाखभित्र सबै जिल्लामा सम्पन्न हुने बताउँदै हिमाल पारीको जिल्ला मुस्ताङमा समेत विवेकशील साझा पार्टीको जिल्ला समिति चाँडै नै घोषणा हुने बताए ।
सो कार्यक्रममा सचिवालय सदस्य तथा कृषि तथा सहकारी विभाग प्रमुख हिरामणी पौडेलले पार्टीले सुरु गर्न लागेको सहकारी अभियानबारे, संगठन विभाग उपप्रमुख प्रदीपकुमार थापाले पछिल्लो सांगठनिक गतिविधीबारे, केन्द्रीय सदस्य तथा नीति विभाग सदस्य अर्जुनप्रसाद खनालले पार्टीका नीतिहरुबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्यहरु अमृत पुडासैनी, दीपक पौडेल, सुशीला केसी अधिकारी, रजनी केसी, नवराज थापा, सरोज गौतम, नारायण खनाल, गण्डकी प्रदेश सदस्य तथा अभियान विभाग प्रमुख अशोक खड्का, कास्की जिल्ला सहसंयोजक जयन्ती मोक्तान, विवेकशील साझा युवा संगठन स्याङ्जाका संयोजक राजन भट्टराई लगायतका नताहरुले नवघोषित कार्यसमितिलाई शुभकामना तथा बधाई सन्देश दिएका थिए ।