टोकियो २० अप्रिल /जापानको टोकियोमा स्थापित गल्कोट स्पोर्टस क्लब टोकियोले आफ्नो ७ औं बार्षिक उत्सबको अवसरमा हरेक बर्ष सम्पन्न गर्दै आईरहेको पुरुष भलिबल प्रतियोगिता यस पटक मे २४ तारिक सोमबार टोकियोको ओता सिटी हिगासी कामतामा गर्ने निर्णय गरेको छ । अप्रिल १९ तारिक कार्यसमितीको भर्चुअल बैठकबाट अध्यक्ष लक्ष्मण कार्कीको संयोजकत्वमा प्रतियोगिता संचालन मुल आयोजक समिती गठन गरिएको छ । प्रतियोगितामा सहभागिताका लागी जापानमा रहेका भलिबल खेलप्रेमी संघ सस्था र खेलाडीहरुलाई सहभागिताका लागी अनुरोध समेत गरिएको छ ।
टिम दर्ता शुल्क ४ मान राखिएको प्रतियोगितामा प्रथम र द्वित्तिय स्थान हासिल गर्ने टिमलाई क्रमश ३ लाख र २ लाख येन नगद सहित प्रथम स्थानका लागि सिल्भर कप,मेडल र प्रमाण पत्र द्वितिय स्थानका लागि कप मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । कल्बले यसपटक सेमी फाईनलका २ टिमलाई सान्त्वना पुरस्कार नगद ५०/५० हजार जापानी एन मेडल र प्रमाण पत्र प्रदान गर्ने निर्णय गरेको छ । यसका साथै प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई ट्रफी र सम्मान पत्रले सम्मान गर्ने गरि बिधागत ८ वटा पुरस्कार (Best Spiker,Best Setter,Best Quicker, Best Blocker,Best Defensive, Best Server, Best Libero र Best Coach) प्रदान गर्ने घोषणा गरेको छ ।
प्रतियोगितामा सहभागिताका लागी जापानमा रहेका संघ संस्था र कल्बहरुलाई औपचारिक पत्रचार गरिने र कुनै कारण पत्र प्राप्त हुन ढिलाई हुन गएमा यसै सुचनालाई आधार मानेर मे २० तारिक बिहीबार बिहान ११ बजेसम्म टिम दर्ता गराउनुहुन सबैमा अपिल गरिएको छ ।मे २० तारिक समयअवधी सम्म औपचारिक रुपमा टिम दर्ता भएका खेलाडीहरुलाई खेलमा समाबेश गराउने र खेलका बिषयमा बिस्तृत जानकारी पुन जानकारी गराईने ब्यहोरा प्रतियोगिता मुल आयोजक समिति प्रचार प्रसार संयोजक तथा क्लवका सचिव हिमाल कडेलले जानकारी दिनुभयो ।जापानमा निरन्तर छैठौ भलिबल प्रतियोगिता गर्ने गल्कोट स्पोर्टस् क्लव टोकियो एक मात्र नेपाली संस्था हो।