पोखरा,बैशाख ८ गते । पोखरामा आयोजना हुने भनिएको अन्र्तराष्ट्रियस्तरको “वीर योद्धा” मुवाथाई च्याम्पियनसिप अन्तिम समयमा आएर सरेको छ । च्याम्पियनसिप आउदो जेठ दोश्रो साताका लागि सारिएको हो । यही बैशाख १० गते पोखरा रंगशालाको बहुउद्देश्यीय कर्भडहलमा आयोजना गर्ने तयारी भैरहेको थियो ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइसरको दोश्रो लहरका कारण सरकारले २५ जना भन्दा बढि जम्मा हुने कार्यक्रम गर्न प्रतिबन्ध लगाएपछि अन्तिम समयमा आएर मिति परिवर्तन गरिएको आयोजक खगेन्द्र क्षेत्रीले बताउनुभयो। कार्यक्रम स्थलमा मंगलबारदेखिनै तयारी भैरहेको थियो उहाँले भन्नुभयो,‘तर जिल्ला प्रशासन कार्यालय कास्कीले दर्शक बिना कार्यक्रम आयोजना गर्न निर्देशन दिएपछि निर्धारित मितिमा कार्यक्रम नगर्ने निर्णयमा पुगेका छौ ।’
नयाँ वर्षको सुरुवातसंगै च्याम्पियनसिप आयोजना गर्ने तयारी थियो कोरोना भाइरसको बढदो जोखिम न्यूनिकरण गर्न भन्दै सरकारले भिडभाड गरेर कार्यक्रम गर्न प्रतिबन्द गरेपछि दर्शक विनाको कार्यक्रम गर्नुभन्दा सार्नुनै उचित लाग्यो । त्यसैले निर्धारित मितिको कार्यक्रम अर्को महिनाका लागि सारेका छै आयोजक खगेन्द्र क्षेत्रीले भन्नुभयो । बैशाख १० गते साँझ ५:३० देखि राती १० बजेसम्म च्याम्पियनसिप आयोजना गर्ने तयारी भैरहेको थियो । काठमाडौदेखिबाट बक्सिङ रिङ्ग समेत ल्याएर तयारी भैरहेको थियो तर अन्तिममा स्थगित गर्न बाध्य भयौ उहाँले भन्नुभयो,‘च्याम्पियनसिपमा सहभागी हुन भारत र थाइल्याण्डका खेलाडीहरु समेत नेपाली आइसेकका थिए ।तर नेपाल सरकारको स्वास्थ्य मापदण्डको पालना गदै सार्ने निर्णय गर्यौ ।’
नेपालमा आयोजना हुने अन्य खेलकुदका प्रतियोगिता भन्दा फरकशैलीमा यो कार्यक्रम आयोजना गर्ने तयारी भैरहेको थियो । च्याम्पियनसिपका विजेताले १ लाख, बेल्ट र अन्य आकर्षक पुरस्कार प्राप्त गर्ने तय भएको थियो ।
च्याम्पियनसिपमा विभिन्न पाँच तौल समुहमा थाइल्याण्ड, भारत, नेपालका चितवन काठमाडौ र पोखराका प्रो फाइटरहरुको सहभागीता रहने बताइएको थियो । च्याम्पियनसिपका लागि राष्टिय मुवाथाई एशोसियसन र विश्व मुवाथाई फेडरेसशनबाट स्वीकृति लिएर आयोजना गरिएको थियो । च्याम्पियनसिप सम्पन्न गर्न करिव ४७ लाख ५० हजार खर्च लाग्ने अनुमान गरेको आयोजक खगेन्द्र क्षेत्रीले गर्नुभएको थियो ।