पोखरा, बैशाख १० गते ।नेपालमा बसोबास गर्ने तमु(गुरुङ)लाम्छानेहरुको एकता, हकहितका लागि हितमान गुरुङको अध्यक्षतामा १९ सदस्यीय तमु(गुरुङ)लाम्छाने समाज नेपाल तदर्थ समिति गठन गरेको छ।
लाम्छाने थरका तमु समुदायको विकास र सँस्कृति, भाषा, साहित्यको विकासका लागि पोखरामा केन्द्रिय कार्यालयरहने गरी गठित तदर्थ समितिको उपाध्यक्षमा हितकाजी गुरुङ, सचिवमा कृष्णकुमार गुरुङ, सहसचिवमा यामु गुरुङ, कोषाध्यक्षमा गोलमान गुरुङ, सहकोषाध्यक्षमा कमला गुरुङ र सदस्यहरुमा रामचन्द्र गुरुङ, जगतबहादुर गुरुङ, ध्रुव गुरुङ, बुद्धि गुरुङ, मनदेवी गुरुङ, डिलबहादुर गुरुङ, पदमबहादुर गुरुङ, अनिलबहादुर गुरुङ, रामबहादुर गुरुङ, लक्ष्मी गुरुङ, डा.सरिता गुरुङ, बुद्धिबहादुर गुरुङ र पुर्णबहादुर गुरुङ रहनुभएको छ।
तदर्थ समितिलाई आवाश्यक सल्लाह, सुझाव प्रदान गर्न समाजसेवी खड्गबहादुर गुरुङको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति गठन गरेको सचिव कृष्णकुमार गुरुङले जानकारी दिनुभयो। उहाँका अनुसार सल्लाहकार समितिको सदस्यहरुमा सु.मे.मिनबहादुर गुरुङ, क्या.कमलबहादुर गुरुङ, सु.सुदर्शन गुरुङ, क्या.पदमलाल गुरुङ, लालप्रसाद गुरुङ, क्या.चन्द्रप्रसाद गुरुङ, क्या.कर्णबहादुर गुरुङ, हर्कबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, बिष्णु गुरुङ र गिरीमान गुरुङ रहनुभएको छ।
पोखरा ९ नयाँबजार शिद्धमार्गस्थित चारभञ्ज्याङ तमु समाज भवनमा सम्पन्न ऐतिहासिक भेलाले तमु(गुरुङ) लाम्छाने समाज नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन जेठको तेश्रो हप्ता पोखरामा भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको छ। सम्मेलनलाई भव्य सफल बनाउन बैशाख २४ गते तमु धिं नेपालमा बैठक बस्ने बताइएको छ।
समाजसेवी क्या हितमान गुरुङको अध्यक्षतामा लाम्छाने भाईखलकको भेलामा बेलायतबाट मे(रि)उदयबहादुर गुरुङ एमबिई, कृष्णबहादुर गुरुङ र गुप्तमान गुरुङले भर्चुअल जुम मार्फत शुभकामना व्यक्त गर्नुभएको थियो भने खड्ग बहादुर गुरुङ, क्या चन्द्रप्रसाद गुरुङ, शङकर गुरुङ, सु.मे.मीनबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुभएको थियो।
उक्त कार्यक्रममा युवा समाजसेवी विभिन्न संघ संस्थाबाट सम्मानित संजीवनी दिदिवहिनीकी अध्यक्ष बिना गुरुङलाई सम्मान गरिएको थियो।