जापानी भाषा वक्तृत्वकलामा ओहायो एजुकेसनलकी हरिमाया प्रथम

पोखरा, बैशाख ११ गते ।भाषा संघ नेपाल (लान)को आयोजनामा पोखरामा पहिलो पटक भएको जापानी भाषा वक्तृत्वकला प्रतियोगिता २०२१ सम्पन्न भएको छ ।जापानी राजदुतावास काठमाडौ र जापान फाउण्डेसन जापानको सहयोगमा पोखराको विरौटास्थित होलट ग्राण्डमा भएको प्रतियोगितामा पोखराका विभिन्न जापानी भाषा स्कुलमा अध्ययनरत २० जना प्रतिस्पर्धीहरूले भाग लिएका थिए ।


जसमा ओहायो एजुकेसनलकी हरिमाया गुरूङ प्रथम भएकी छन् भने योकोहामा जापानिज्का लक्ष्मण पुरी द्वितिय भएका छन् । त्यस्तै सो प्रतियोगितामा नमस्ते एजुुकेसनकी लक्ष्मी गुरूङले तृतीय स्थान हात पार्न सफल भएकी छन् । विजयी प्रतियोगीहरूले त्रमशः ३० हजार, २० हजार र १० हजार सहित विभिन्न आकर्षक उपहारहरू प्राप्त गरेका थिए ।

उक्त वक्तृत्वकला प्रतियोगिताका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि. सि ले भाषा संघ नेपालको क्यालेन्डर विमोचन गर्दै बाहिरी भाषामा बढी गहन हुँदा हामीले हाम्रो मातृभाषालाई छोड्न नहुने बताउनुभयो । ‘जसरी हामीले बाहिरी भाषालाई महत्व दिन्छौं, त्यसैगरि केही भाग हामिले हाम्रो मातृभाषालाई दिनु आवश्यक छ’ उहाँले भन्नुभयोे ।

महानगर प्रमुख जिसीले प्रारम्भिक भाषा र सिप विदेशीने विद्यार्थीहरूको हतियार रहेको हुँदा त्यहाँ पुगेपछि सिप, क्षमता, अनुभवलाई स्वदेश ल्याउने उद्देश्य राख्नुपर्नेसमेत बताउनुभयो ।विश्व नै कोरोना भाईरसको चपेटामा परिरहेका बेला अहिले नयाँ प्रकृतिको कोभिड–१९ ले आक्रान्त पारेको भन्दै स्वास्थ सुरक्षामा कुनै प्रकारको हेलचक्राई नगर्न पनि जिसीले सो अवसरमा अनुरोध गर्नभएको छ ।

त्यस्तै पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रो.सरोज कोइरालाले नेपालका प्राय विकासका पुर्वाधारहरूमा सहयोग पु¥याउने राष्ट्रको रूपमा जापान सरकार रहेको बताउनुभयो ।भाषा संघ नेपालका निर्वतमान अध्यक्ष युवराज खनालले भाषा संघ नेपाल (लान) को परिचय दिदैँ कास्की जिल्लामा नेपाल शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको मापदण्ड पुरा गरेर खुलेका ४१ वटा परामर्श तथा जापानी भाषा प्रशिक्षण संघसंस्था आवद्ध रहेको जानकारी दिनुभयो ।

पोखरामा पहिलो पटक आयोजित जापानी भाषा वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरुको भाषा सिकाईलाई निरन्तरता दिई विश्वासपात्र बनाउनेमा संस्था विश्वस्त रहेको कार्यक्रम संयोजक एवं सल्लाहकार विक्रम उदासको भनाइ थियो ।कार्यक्रममा विभिन्न भाषा संघमा आवद्ध प्रतिनिधि, भाषा संघ नेपालमा आवद्ध संघसंस्थाका प्रतिनिधि, विद्यार्थी एवं अभिभावकहरूको उपस्थिती रहेको थियो ।कभाषा संघ नेपाल (लान)का अध्यक्ष प्रकाश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन संघका महासचिव मोतिप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...