पोखरा, बैशाख १५ गते ।गण्डकी प्रदेशसभाको बैठकल जारी छ । बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावउपर छलफल भैरहेको छ । सभामा सांसदहरुले आफना भनाई राख्नुभएको छ । नेकपा एमालेका सांसद कृष्ण थापाले कोरोना भाइरस संक्रमणको महामारीमा अविस्वासको प्रस्ताव भेन्टीलेर र अक्सिजन बनेर नभई कात्रो बनेर आएको बताउनुभयो । उहाँले अविस्वासको प्रस्ताव च्यातिएको ध्वती जस्तो भएको समेत टिप्पणी गर्नुभयो ।
यो अविस्वासको प्रस्ताव च्यातिएको धोती जस्तो कमजोर छ । यो धेरै दिन टिब्नेवाला छैन भन्नुभयो । प्रदेश सभामा आज मतदानको कार्यतालिका रहेपनि मंगलबारको बैठक सत्तारुढ दल नेकपा एमालेका सांसदले अवरुद्ध गरेका कारण स्थगित भएको थियो । कोरोना भाइरस संक्रमणको परिक्षण गरेर मात्रै बैठक बस्न माग गदै अवरुद्ध गरेपछि हिजै कोरोना परिक्षण गरेर आज रिपोर्ट आएपपछि बैक सञ्चालन गरिएको हो ।छलफल सकिएपछि आजै मतविभाजनमार्फत प्रस्ताव टुंगो लगाउने कार्यसूची छ ।
कोरोना संक्रमित ३ सांसदका लागि छुट्टै ठाउँ निर्धारण गरिएको छ । उनीहरूले संसदमा बोल्न पाउने छैनन् । तर, मतदानमा भने सहभागी हुन पाउनेछन् ।मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव १३ गते संसदमा पेस भएको थियो ।