गण्डकीमा एकै पटकमा २११ संक्रमित, कास्कीका मात्रै १२९

पोखरा, बैशाख १५ गते । गण्डकी प्रदेशमा एकै पटकमा २११ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको तेश्रो विज्ञप्तिमा २११ जना थपिएको जनाएको छ ।

थपिएका मध्य कास्कीका मात्रै १२९ जना रहेका छन्। त्यस्तै गोरखा जिल्लाका ४६ जना, बागलुङका १४ जना,स्याङजाका ९ जना, तनहुँका ६ जना, म्याग्दीका १० जना,पर्वतका ४ जना र मुस्ताङका १ जना नयाँ संक्रमित थपिएका छन् । गण्डकीमा अहिलेसम्म १८ हजार १६९ जना कोेरोना संक्रमित पुगेका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...