गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार, दीपक मनाङे युवा तथा खेलकुद मन्त्री

पोखरा, बैशाख १६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मन्त्रिमण्डल विस्तारसंगै स्वतन्त्र सांसद दीपक मनाङे (राजिव गुरुङ) युवा तथा खेलकुदमन्त्री बन्नुभएको छ ।नव नियुक्त मन्त्री दीपक मनाङेले प्रदेश नीति तथा योजना आयोगको सभाहलमा सवा ५ बजे मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले सपथग्रहण गर्नुभयो ।

यसअघि माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएर आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खाली नै रहेको भएपनि सामाजिक विकास मन्त्रालयबाट फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाउदै उहाँले मन्त्री नियूक्त गरिएको हो । सपथ ग्रहण लगत्तै उहाँले पोखराको सहिदचोकमा रहेको सामाजिक विकास मन्त्रायल रहेकै भवनमा तयार पारिएको कार्यकक्षमा पदभार ग्रहण गर्नुभयो । पदभार ग्रहण कार्यक्रममा बोल्दै उहाँले खेलकुदमा विनियोजन हुने बजेट सदुपयोग हुन नसकेको बताउदै आफु कार्ययोजना सहित अगाडी बढने बताउनुभयो । खेलकुदको बजेट दुरुपयोग हुदै आएको छ उहाँले भन्नुभयो, खेलाडीलाई आवश्यक डाइट, रोजगारी सृजना गर्ने गरी योजना बनाएर अगाडी बढने छु ।

 

उहाँले खेलाडीले खेलेर जीविकोपार्जन गर्नसक्ने वातावरण बनाउन अन्य मन्त्रालयसंग समन्वय गरेर अगाडी बढने प्रतिबद्धता ब्यक्त गर्नुभयो । युवाहरुलाई खेलकुदसंगै स्वरोजगार बनाउदै यही बाच्ने आधार सृजना गर्न सवैको साथ र सहयोग लिएर अगाडी बढने बताउनुभयो । सरकारविरुद्ध अविश्वास प्रस्ताव टेबुल भएर संसदमा रहेका बेला मुख्यमन्त्रीले मन्त्रीपरिषद् विस्तार गर्नुभएको हो । बुधबार अविस्वास प्रस्तावमा मतदानको कार्यसुचि रहेपनि जनमोर्चाका सांसद बेपत्ता भएको भन्दै संसदमा निवदेन परेपछि सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक स्थगित गरेपछि मतदान हुनसकेन । थग्रहण कार्यक्रममा सभामुख र अन्य दलका मुख्य नेताहरु भने उपस्थित हुनुभएन भने नेकपा एमालेका नेता, कर्मचारीहरुको उपस्थिति रहेको थियो । उहाँ मनाङबाट स्वतन्त्र निर्वाचित सांसद हुनुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...