पोखरा, बैशाख २२ गते । गोरु काटेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बुधबार बिहान कास्की पोखरा महानगरपालिका १८ पिपलडाली बस्ने वर्ष ८४ को दिल बहादुर तामाङलाई पक्राउ गरेको हो ।
गोरु काटेको भन्ने सुचनाका आधारमा गएको प्रहरी टोलीले गोरुको टाउको, गोरुको मासु, मासु काट्न प्रयोग हुने हतियार सहित नियन्त्रणमा लिएको बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।