पोखरा, बैशाख २२ गते । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ५७४ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदशले जारी गरेको पछिल्लो तथ्याङक अनुसार १२९० जनाको परीक्षणमा ५७४ जनामा पोजेटिभ देखिएको हो भने ७१६ जनाको नेगेटिभ आएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । बुधबार ८७ जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै कोरोनाबाट बुधबार दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म १४८६१० जनाको परिक्षण गरिएकोमा २०४२७ जना कोरोना संक्रमित भएका छन् । गण्डकी अहिले सक्रिय संक्रमित २८०४ रहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले बताउनुभयो । गण्डकीमा अहिलेसम्म १७१५९ ले कोरोना जितेका छन् । कोरोना संक्रमणबाट गण्डकीमा अहिलेसम्म २३७ जनाको मृत्यु भएको छ ।
