गण्डकीमा संक्रिय संक्रमित ४७२५, मृतकको संख्या २५१ पुग्यो

पोखरा, बैशाख २६ गते । गण्डकी प्रदेशमा कोरोना संक्रमण उच्च बनेको छ । शुक्रबार गण्डकीमा अहिलेसम्मकै धेरै संक्रमित भए । गण्डकीमा शनिबार कोरोना भाइरसका २७४ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको विवरण सार्वजनीक गदै स्वास्थ्य निर्देशनालय गण्डकीक् प्रदेशले दिएको जानकारी अनुसार ५०१ जनाको स्वाब परीक्षण गरिएको थियो भने २२७ जनाको नेगेटिभ आएको छ ।

गण्डकीमा शनिबार कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ भने १६३ जना कोरोना संक्रमण मुक्त भएका छन् । गण्डकीमा ४५९७ जना होम आइसोलेसनमा रहेका छन् । शनिबार कास्कीमा १६१ संक्रमित थपिएका छन् । त्यस्तै नवलपरासीपूर्वमा ४५, बागलुङमा ३६, तनहँमा १८, पर्वत र म्याग्दीमा ५÷५ जना,स्यांजामा ३ जना कोरोना संक्रमित थपिएका छन् । एक साता अघि एक दिनमा ५७६ थपिएका थिए । तर शुक्रबार त्यो रेकड ब्रेक गदै त्यसको झण्डै तीन गुणा संक्रमित थपिए । शुक्रबार १३९६ नयाँ संक्रमित एकै दिन थपिए ।

गण्डकी प्रदेशमा संक्रमण तिव्र रुपमा फैलिएको छ । गण्डकी प्रदेशका ११ जिल्ला मध्य सबैभन्दा धेरै गण्डकी प्रदेशको राजधानी कास्कीमा संक्रमण फैलिएको छ । शुक्रबार थपिएका १३९६ मध्य ८ सय ५६ जना कास्कीका थिए । संक्रमणको पछिल्लो अवस्था हेर्दा गण्डकीका कास्की जिल्ला सबैभन्दा जोखिममा छ ।गण्डकीमा कुल १५२३९७ जनाको परीक्षण गरिएको छ भने २२५३० जना संक्रिमत भएका मध्य १७५५१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै हाल गण्डकीमा ४७२५ सक्रिय संक्रमित छन भने कोरोना संक्रणबाट ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ ।

संक्रमित र मृत्यु  कास्कीमा धेरै

गण्डकी प्रदेश अन्र्तगत कास्कीमा सबैभन्दा धेरै संक्रमित रहेका छन् ।कास्कीमा संक्रिय संक्रमितको संख्या २७२९ रहेको छ । कास्कीमा अहिलेसम्म ११८१५ जना संक्रिमत भएका छन भने ८९४९ जना निको भएका छन् ।कास्कीमा जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३७ रहेको छ । गण्डकीका ११ जिल्ला माध्य कोरोनाबाट ज्यान गुमाउनेको संख्या सबैभन्दा धेरै हो ।

कास्कीपछि नवलपरासीमा धेरै संक्रिय संक्रमित ३३६ जना रहेका छन् । नवलपरासीमा कोरोना संक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन्् । तेश्रो स्थानमा बाग्लुङ जिल्ला रहेको छ । बाग्लुङमा हाल ३३२ संक्रिय संक्रमित रहेका छन भने ९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । गण्डकीमा स्याङजा चौथोमा छ ।

जहाँ २६७ संक्रिय संक्रमित छन भने २० जनाको मृत्यु भएको छ । त्यस्तै पर्वतमा २०९ संक्रिय संक्रमित रहेका भने ८ जनाको मुत्यु भएको छ । गोरखामा २३१ संक्रिय संक्रमित छन भने १२ जनाको मृत्यु भएको छ । तनहुँमा २०२ जना संक्रिय संक्रमित छन भने २७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यता म्याग्दीमा १८४ संक्रिय संक्रमित छन भने ७ जनाको मृत्यु भएको छ ।

लमजुङमा ८३ संक्रिय संक्रमित रहेका छन भने ५ जनाको ज्यान गएको छ । मुुस्ताङमा ३३ संक्रमित छन भने एक जनाको मृत्यु भएको छ । मनाङमा सक्रिय संक्रमित १४ जना रहेका छन भने अहिले सम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन् । गण्डकीका ११ जिल्ला मध्य थोरै ३४ जना संक्रमित भएका र २० जना संक्रमण मुक्त भएको र अहिले सम्म मृत्यु नभएको जिल्ला मनाङ मात्रै हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...