गण्डकीमा थपिए २३० नयाँ संक्रमित

पोखरा, बैशाख २६ गते । गण्डकी प्रदेशमा आइतबार दिउसोसम्म २३० नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय जारी गरेको पछिल्लो विवरण अनुसार २३० मा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका मध्य १५१ जना कास्कीका रहेका छन् भने पोखरा महानगरपालिका १४९ जना रहेका छन् ।त्यस्तै गोरखाका ५५, तनहुँका ५३,बाग्लुङका २०, स्याङजाका ११, लमजुङ ८, पर्वत १, मुस्ताङ १ गरी नयाँ २३० संक्रमित थपिएका हुन् । अहिलेसम्म गण्डकीमा संक्रमितको सख्या २२८३० पुगेको छ ।

यसैवीच गण्डकी प्रदेशमा अहिलेसम्मकै धेरै १२ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६३ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...