गण्डकीमा शुक्रबार २३ को मृत्यु,६८० नयाँ संक्रमित थपिए,४३१ जना कोरोना मुक्त

पोखरा, बैशाख ३१ गते । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पछिल्लो २४ घण्टाको विवरण सार्वजनीक गदै २३ जनाको मृत्यु भएको जनाएको छ ।

पोखराका विभिन्न अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएका मध्य पोखराका दश जना रहरहेका छन । स्यांजाका पाँच जना, तीन जना बाग्लुगका र तनहुँका तीन र पाल्पाका एक जना रहेका छन् । त्यस्तै गण्डकीमा ६८० नयाँ संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा ४३१ जनाले कोरोना जितेका छन् । गण्डकीमा होमआइसोलेसनमा ७०११ रहेका छ भने संक्रिय संक्रमितको संख्या ७२५७ जना रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...