पोखरा, जेठ ४ गते । फुटबलर एवं प्रशिक्षक विल तामाङको निधन भएको छ । उहाँका मंगलबार कोरोना संक्रणका कारण निधन भएको हो । उहाँ हङकङबाट डेढमहिना अघि मात्रै स्वदेश फर्किनु भएको थियो ।
स्वास्थ्यमा समस्या आएपछि गण्डकी मेडिकल कलेजमा उपचाररत रहनुभएको थियो । कोभिड संक्रमणले स्वासप्रश्वासमा समस्या भएपछि तामाङ गण्डकी मेडिकल कलेज नयाँबजारमा उपचाररत हुनुहुन्थयो । उपचारका क्रममा उहाँको निधन भएको हो । उहाँको निधनले नेपाली फुटबल क्षेत्रमा अपूणीय क्षती पुगेको छ ।
सामाजिक सञ्जालमा उहाँको निधनमा दुःख ब्यक्त गदै श्रद्धाञ्जली ब्यक्त गरिएको छ । २०५८ सालमा सहारा क्लबले पहिलो पटक क्याराभान गोल्डकप आयोजना गर्यो । गोल्डकपमा उहाँले घरेलु टोली सहारा क्लबको कप्तानी सम्हाल्नुभएको थियो ।
क्याराभान गोल्डकप पछि विल तामाङ फुटबलको एएफसी लाईसेन्स तर्फ केन्द्रीत हुनुभयो । त्यसपछि २०६० सालमा आयोजना गरिएको आहा गोल्डकपमा उहाँले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभयो । त्यति बेलासहाराले सेमिफाईनल पुगेको थियो र उहाँ उत्कृष्ट प्रशिक्षक समेत घोषित हुनुभएको थियो । सन २००१ देखि २००३ सम्म भारतको पटियालामा प्रशिक्षण लिएर फुटबल प्रशिक्षणमा ‘फ्रष्ट क्लास’ हुनुभएका उहाँ नेपाली फुटबल प्रशिक्षक ‘फष्ट क्लास’ हुने पहिलो नेपाली फुटबल प्रशिक्षक समेत हुनुहुन्थ्यो ।
पोखरा–१३ संगमटोलमा जन्मिनु भएका तामाङ घरेलु क्लबबाट फुटबल जीवन शुरु गर्नुभएको थियो । नकाउट फुटबल देखि ए डिभिजन लिगसम्म उहाँको अनुभव रह्यो ।
अन्तराष्ट्रिय फुटबल प्रतिस्पर्धामा भने उहाँले सहभागीता जनाउन पाउनु भएन । पाकिस्तानमा आयोजना हुने नवौं साफ गेम्समा विल तामाङ नेपाली टिममा पर्नुभएको थियो । यद्यपी पाकिस्तानमा त्यतिबेला खेल रद्द भएपछि उहाँले अन्तराष्ट्रिय सहभागिता जनाउने अवसर प्राप्त गर्न सक्नु भएनन ।
सहारा क्लब हङकङका उपाध्यक्ष समेत रहनुभएका तामाङ डेढमहिना अघि मात्रै पोखरा आउनु भएको हो । एएफसी लाईसेन्सको प्रमाणपत्र लिन उहाँ स्वदेश आउनु भएको हो । स्वदेश फर्किएसँगै उहाँको पोखरा रंगशालामा नयाँ बर्षकै दिन फुटबलजर्सीमा मैदान उत्रिनुभएको थियो । त्यो नै फुटबलमा अन्तिम बन्यो । सहारा क्लबका पदाधिकारीसँग नयाँ वर्षको अवसरमा फुटबल खेल्ने क्रममा तामाङ पनि सहभागी हुनुभएको थियो ।४६ वर्षिय तामाङको एक छोरा, श्रीमती र ९० वर्षिय बुवा हुनुहुन्छ ।