पोखरा, जेठ ४ गते । पर्वत जिल्ला अस्पतालमा स्वास्थ्य सामाग्री पुगेको छ । पर्वतबाट निर्वाचित प्रतिनिधि सांसद पदम गिरीको पहलमा सामाग्री पर्वत पुगेको हो । कोरोना भाइरस संक्रमणबाट आफनो क्षेत्रका नागरिक बचाउन पर्वत अस्पतालमा आइशोलेसन वार्ड निर्माण गर्न ३ महिनाको तलब समेत उनले दिएा थिए ।

उनै सांसद गिरी फेरी आफना नागरिक बचाउन स्वास्थ्य सामाग्री लिएर गाँउ पुगे । उनले अस्पतालका लागि आधुनिक बेड २० थान,अक्सिजन सहितको सिलिन्डर ८ ओटा,अक्सिजन कन्सेटेन्ट ३ थान,वेड डन्लब २० थान,अक्सिमिटर,पिपिई सेट,ग्लोप, मास्क, चश्मा, फेस सिल,, ग्राउन लिए पुगे । ती सामाग्री पर्वतमा जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको छ ।

उनले अस्पतालका लागि आवश्यक थप सामाग्री तथा पैयुँ गाउपालिका, विहादी गाउँपालिका र महाशिला गाउँपालिकामा पनि केहि समयमा नै उपलब्ध हुने जानकारी दिएका छन् । स्वास्थ्य सामाग्रीहरु काठमाडौं देखि दर्शन मोनिका ट्रान्सपोर्टले निशुल्क ढुवानी गरेको बताइएको छ ।
