पोखरा, जेठ ६ गते ।गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले जारी परेको २४ घण्टाको विवरण अनुसार गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो ।
बिहिबार मृत्यु भएका मध्य कास्कीका सात जना, नवलपरासी पूर्वका ५ जना, स्यांजाका ४ जना, बाग्लुंगका २ जना, गोरखाका२ जना र तनहुँका एक जनाको मृत्यु भएको छ ।
त्यस्तै गण्डकी प्रदेशमा गण्डकी प्रदेशमा १३७२ नयाँ संक्रमित थपिएका छन् । थपिएका मध्य महिला ६१५ जना र पुरुष ७५७ जना रहेका छन् । थपिएका मध्य सबैभन्दा धेरै स्यांजाका ६११ ज्ना, कास्कीमा ३५३ जना रहेका नयाँ संक्रमित थपिएका छन् । त्यस्तै गोरखाका १५६, म्याग्दी २१ ज्ना, पर्वत १८ जना, लमजुग १६ जना, तनहुँ ९३ जना बाग्लुं ९ जना र नवपलपरासी पूर्वमा ९४ जना नयाँ संक्रमित थपिएका छन् ।