काठमाडाैं, जेठ १० गते । सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने भएकाे छ । बालुवाटारमा आज बसेको एमाले स्थायी कमिटी बैठकले साे निर्णय गरेकाे हो । । साथै त्यहाँका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।
बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।भट्ट नेकपा माओवादीका तर्फबाट मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री भट्टले अब ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।