पोखरा, जेठ ११ गते ।पोखरा महानगरभित्रका कक्षा आठका विद्यार्थीले पनि वार्षिक परीक्षा दिनुनपर्ने भएको छ ।
बढदो कोरोना महामारीका कारण भौतिक दुरी कायम गरी परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था नभएको भन्दै पोखरा महानगर शिक्षा महाशाखाले विगतका आन्तरीक परीक्षा, विद्यालयको हाजीरी लगायतका विषयलाई आधारमा परीक्षको नतिजा सार्वजनीक गर्ने भएको छ ।
महानगरको शिक्षा महाशाखाले मंगलबार एक सूचना जारी गदै कोभिड १९ को महामारीका कारण भौति रुपमा परीक्षा सञ्चालन गर्न सम्भव नभएको जनाएको छ । विद्यालयहरुले यसअगाडि सञ्चालन गरेका त्रैमासिक, अर्धवार्षिक, परीक्षाको अंकलाई आधारमा मानी ५० प्रतिशत अंक प्रदान गर्ने निर्णय भएको छ ।
बाँकी ५० प्रतिशत अंक कक्षाकार्य, गृहकार्य, हाजिरी र अनलाइन कक्षामा भएका सिकाइ लगायतलाई आधार मानी विशषयगत शिक्षकले अंक प्रदान गर्ने गरी महानगर परीक्षा सञ्चालन तथा समन्वय समतिको मंगलबार बसेको बैठकले निर्णय गरेको महाशाखा निर्देशक हेमप्रसाद आचार्यले बताए ।
विषयगत शिक्षकले एक्सल सिटमा भरेर प्रधानाध्यापकबाट प्रमाणित गरी २५ गतेभित्र महाशाखामा पठाइदिन अनुरोध गरिएको छ । यो निर्णयबाट विद्यार्थीलाई परीक्षा कहिले हुन्छ भन्ने अन्यौल हटेको छ ।