गण्डकी प्रदेशको बजेट अधिवेशन १ बजे सुरु हुदै

गण्डकी प्रदेशको बजेट अधिवेशन आइतबारबाट सुरु हुँदै छ ।दिउँसो एक बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।

भोलिपल्ट बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्ने र त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । प्रदेश सरकारलाई असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता छ ।

 

यही बजेट अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने तयारी गरेका छन् । नीति तथा कार्यक्रम प्रस्तुत हुनुभन्दा अगाडि नै विश्वासको मत लिने तयारी गरिएको मुख्यमन्त्री गुरुङ निकट स्रोतले जनायो ।

नेकपा एमालेको ओली निकट गुरुङ वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्त भएको मितिले ३० दिनभित्र उनले विश्वासको मत लिन नसके प्रदेशसभा मध्यावधि निर्वाचनतिर धकेलिने सम्भावना छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...