पोखरा, जेठ १६ गते ।गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विवरण अनुसार विभिन्न अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो ।

मृत्यु भएका मध्य कास्कीका ८ जना रहेका छन् । त्यस्तै तनुहँका ४ जना, पर्वतका १ जना, स्याङजाका १ जना, लमजुङका १ जना र मुस्ताङका १ जनाको मृत्यु भएको छ । यता गण्डकी प्रदेशमा आइतबार ५४० नयाँ संक्रमित थपिएका छन् ।
थपिएका मध्य बाग्लुङका ११५ जना, गोरखाका १०४ जना, कास्कीका ७७ जना, नवलपरासीका ८५ जना, पर्वका ३४ जना, लमजुंगका ८९ जना, तनहुँ १७ जना संक्रमित भएका छन् । त्यस्तै गण्डकीमा ८५९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।