गण्डकी प्रदेश सभामा जनमोर्चाको दलको नेता पियारी

पोखरा, जेठ १७ गते । गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाले संसदीय दलको नेतामा पियारी थापा चयन गरेको छ । पार्टीले सांसद कृष्ण थापालाई दलको नेताबाट हटाएपछि उक्त पद खाली थियो ।

जेठ १५ गते संसदीय दलका ज्येष्ठ सदस्य खीमविक्रम शाहीको अध्यक्षतामा बसेको बैठकले दलको केन्द्रीय निकायको निर्देशनानुसार दलका नेता चयनका लागि परिपत्र नआउँदा सम्मका लागि पियारी थापालाई दलको नेताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रदेश सभा सचिव हरिराज पोखरेलले जारी गरेको सूचनमा पनि पियारीलाई दलको नेता तोकिएको जनाइएकोछ । प्रदेश सभा सचिव पोखरेलका अनुसार दलको केन्द्रीय निकायको निर्देशनानुसार दलका नेता चयनका लागि परिपत्र नआउँदा सम्मका लागि पियारी थापालाई नेताका हैसियतले गर्न सक्ने कार्यका लागि अधिकृत व्यक्ति तोक्ने निर्णय भएकाले सोही अनुसारको जानकारी पत्र प्रदेश सभा सचिवालयमा प्राप्त हुन आएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि आदेशानुसार यो सूचना प्रकाशन गरिएको छ ।’

प्रदेश सभाको आइतबार सुरु बजेट अधिवेशनको पहिलो बैठकमा दलको नेताका हैसियतामा थापाले नै भनाइ राखेकी थिइन् ।सांसद कृष्ण थापालाई पार्टीले साधारण सदस्यबाटै नीलम्बन गरिसकेको छ । तर उनको सांसद पद भने गइसकेको छैन । गण्डकीमा सरकार फेरबदलका सन्दर्भमा उनले कांग्रेसलाई कुनै पनि हालतमा समर्थन गर्न नसक्ने अडान लिँदैआएका छन् । कृष्ण थापाले पार्टी निर्णय विपरित काम गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपनि सांसद पदबाट भने हटाएको छैन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...