पोखरा, जेठ २४ गते । गण्डकी प्रदेशमा सोमबार १७ जना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित १७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।
मृत्यु भएका मध्य कास्कीका ६ जना, नवलपरासीका ४ जना, तनहुँका १ जना, म्याग्दीका १ जना, बाग्लुगका १ जना र पर्वतका २ जना, लमजुंगका १ जना र स्यांजाका १ जना संक्रमितको मृत्यु भएको छ । गण्डकीमा अहिलेसम्म ७४८ जनाको मृत्यु भएको छ ।गण्डकीमा सोमबार ७९१ नयाँ संक्रमित थपिएका छन । थपिएका मध्य कास्कीका १६५, नवपरासीका १२५, स्यांजाका ५६, बाग्लुंगका ५७, तनहुँ ७०, लम्जुलंगका ६७, गोरखा १९६, पर्वत २९, म्याग्दीका २६ जनामा संक्रमण पुष्टि भएको छ ।
गण्डकीमा पछिल्लो २४ घण्टामा १५३० जना कोरोना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा २४१५ जनाको स्वाब परीक्षण गरिएको थियो भने १६२४ को नेगेटिभ आएको थियो । गण्डकीमा सक्रिय संक्रमितको संख्या ८४६५ रहेको छ । कोरोनाबाट गण्डकीमा अहिलेसम्म ७७९ जनाको मृत्यु भएको छ ।