प्रदेश नं २ को सरकारमा काँग्रेस र माओवादी सहभागी हुने

प्रदेश नं २ सरकार पुनर्गठनका सन्दर्भमा जनता समाजवादी पार्टी नेपाल(उपेन्द्र यादव समूह), नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच सहकार्य गर्ने सहमति भएको छ ।

केन्द्रमा सत्तासमीकरणको विषयलाई लिएर प्रदेश नं २ को सत्तारुढ दल जसपाभित्र विवाद चर्किएपछि उपेन्द्र यादव पक्षबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले महन्थ ठाकुर पक्षका चारजना मन्त्री बर्खास्त गरेपछि कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउने विषयमा सहमति भएको हो ।

 

जनकपुरमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव आफै तीन दिनदेखि लगातार कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग छलफलमा व्यस्त हुनुहुन्छ ।

 

सत्ता सझेदारीबारे वार्ता गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय सम्मिलित समिति पनि सक्रिय रहेको र सो समितिले विभिन्न चरणमा काँग्रेस र माओवादी केन्द्रसँग छलफल गरेका छन् ।

 

जसपा, कांग्रेस र माओवादी केन्द्रबीच विभिन्न चरणमा छलफल भए पनि मन्त्रालय बाँडफाँडको विषयमा सहमति हुन सकिरहेको थिएन तर मङ्गलबार साँझ भएको छलफलपछि सत्ता सहकार्यका लागि ती दलहरुबीच सहमति भएको बुझिएको छ । सहमति अनुसार कांग्रेसले तीनवटा र माओवादी केन्द्रले दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...