भूतपूर्व खेलाडी मञ्चको काबा अध्यक्षमा पराजुली

पोखरा, जेठ ३० गते । अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको कार्यबाहक अध्यक्षमा हरि प्रसाद पराजुली नियुक्त भएका छन ।

मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले आफ्नो व्यक्तिगत कार्यव्यस्तता कारण मञ्चका प्रथम उपाध्यक्ष समेत रहेका पराजुलीलाई कार्यबाहकको अध्यक्षको जिम्मेवारी सुम्पिएका हुन । प्रदेश खेलकुद परिषद गण्डकीको सदस्य सचिवमा नियुक्त भएकाले आफ्नो कार्यव्यस्तताका कारण पराजुलीलाई कार्यबाहकको जिम्मेवारी सुमिएको अध्यक्ष गुरुङले बताए ।भलिवलका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका पराजुली कृषी विकास बैंक सञ्चालक समितीका सदस्य हुन ।

 

यसै विच भूतपूर्व खेलाडी मञ्च नेपालले कोभिड विरुद्धको महामारी सँग जुध्न गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बतास फाउण्डेशनले सञ्चालनमा ल्याउन लागेको अक्सिजन ग्यास प्लान्टका लागि १ लाख नगद सहयोग गर्ने भएको छ । मञ्चको शनिवार सम्पन्न जुम बैठकले फाउण्डेशनलाई १ लाख सहयोग गर्ने निर्णय गरेको हो । फाउण्डेशनले महामारीको बेला मानविय विपत्तीबाट जोगाउन खेलेको भूमिकाको प्रशंसा गर्दै आफ्नो उपस्थिती समेत रहोस भन्नका लागि उक्त सहयोग गर्ने निर्णय गरेको अध्यक्ष गुरुङले बताए ।

 

यसै गरी फाउण्डेशनको आह्वानमा मञ्चका पदाधिकारी तथा आजिवन सदस्यहरुले समेत व्यक्तिगत रुपमा नगद सहयोग गर्ने भएका छन । मञ्चका तर्फबाट फाउण्डेशनका लागि अध्यक्ष तेज गुरुङ, महासचिब खेम गुरुङ, सदस्यहरु भरत कुमार आले, ओम गुरुङ, हरिश्वर पराजुली र आजिवन सदस्य मैंया पराजुलीले व्यक्तिगत रुपमा जनही ५ हजारका दरले सहयोग गर्ने भएका छन । उक्त रकम एक मुष्ट रुपमा संकलन गरी मञ्चको तर्फबाट फाउण्डेशनलाई प्रदान गरिने भएको छ ।

 

मञ्चले कोभिड १९ महामारीका कारण स्वास्थ्य लाभ गरिरहेका मञ्चका कार्यसमिती सदस्य तिलक केसी, आजिवन सदस्य गोकर्ण कार्की र उनकी धर्मपत्नीको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

बैठकले कोभिड १९का कारण मञ्चका आजिवन सदस्य तथा वरिष्ठ संस्कृतीकर्मी मेनकाजी गुरुङ र उनकी धर्मपत्नी तथा आजिवन सदस्य रमेश कर्माचार्यको निधन प्रती गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अपर्ण गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...