पोखरा, असार २ गते ।गण्डकी प्रदेश खेलकुद परिषद्को कार्यकारी सदस्यमा तीन जनालाई मनोनयन गरिएको छ । प्रदेश खेलकुद परिषद्को काम कारबाहीमा सहयोग गर्न परिषद्मा कार्यकारी समिति रहने व्यवस्था रहेको छ ।
समितिमा तारामाया थापा मगर, दिलबहादुर गुरु र ऋषिराम गौतलाई मनोनयन गरिएको छ । गत जेठ २५ गते मन्त्रीस्तरीय निर्णयबाट प्रदेश खेलकुद विकास ऐन २०७७ को दफा १४ उपदफा (१) मा ब्यवस्था भएको कार्यकारी समितिमा उपदफाको खण्ड(ख) बमोजिमको सदस्य पदमा मनोनयन गरिएको हो । कार्यकारी समितिमा प्रदेश खेलकुद सदस्यसचिव र खेलकुद मन्त्रालयका उपसचिव तेजप्रसा काफ्ले सहित पाँच जना रहने व्यवस्था रहेको छ ।