गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली अहिले मनाङ सदरमुकाम चामेमा रोक्किएका छन् । मौसममा आएको खराबीका कारण मुख्यमन्त्री सहितको टोली रोक्किएको हो । गण्डकी प्रदेश सरकार प्रवत्ता कुमार खड्काले मुख्यमन्त्री आज फर्कन नसक्ने भएकाले धेरैजनाले विश्वासको मतका बारेमा जिज्ञाशा राखेको भन्दै मौसममा सुधार भए उहाँहरु भोलि बिहानै आउनुृहुन्छ र संसदको कारवाही अगाडि बढ्छ ।

आउन नसक्नुभएमा अर्को दिनको कार्यसूचीमा राखिने उल्लेख गरेका छन् । यसका बारेमा संसद सचिवालयमा कुरा भइसकेको उनले स्पष्ट पारेका छन् ।विश्वास मत सम्बन्धी प्रस्ताव मुख्यमन्त्रीले नै टेबल गर्नुपर्ने भएकाले संसदमा उहाँको उपस्थिति अनिवार्य रहन्छ प्रवत्ता खड्काले भने ।