पोखरा,असार ६ गते । गण्डकी प्रदेश सरकारमा मन्त्रायल भागबण्डामा किचलो सुरु भएको छ । जेठ २९ गते मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र पोखरेल नियूक्त हुनुभएको थियो । सोही दिन मुख्यमन्त्रीका सपथसंगै काँग्रेस, जसपा र स्वतन्त्र सांसद राजीव गुरुंग विनाविभागीय मन्त्री नियूक्त हुदै सपथ ग्रहण गरेका थिए ।
मुख्यमन्त्री बनेको एकसाता वित्दा पनि मन्त्रिपरिषद्मा जिम्मेवारी बाँडफाँट र विस्तार हुन सकेको छैन् । मन्त्रालयमा भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारसगै मन्त्रालय टुुंगो लाग्न नसकेको हो । विशेष गरी अर्थमन्त्रालयमा कुरा मिल्न नसकेको हो । अर्थमन्त्रालयमा काँग्रेस र जसपावीच विवाद भएको छ । जसपाका हरिशरण आचार्यले अर्थमन्त्रालय माग गर्नभएको छ भने काँग्रेसले दिन नसक्ने बताएको छ । त्यस्तै स्वतन्त्र सांसद राजीव गुरुंगले भौतिक पूर्वाधार मन्त्रालयमा दाव गर्नृुभएको छ । जसपा र राजीवले शक्तिशााली मन्त्रालय माग गरेका कारण मुख्यमन्त्री पोखरेल समस्यामा परेका छन् ।
सत्तारुदढ दलहरुवीच मन्त्रालयको संख्यामा सहमती भएपनि मन्त्रालयका विषयमा विवाद देखिएको हो । काँग्रेस र माओबादीलाई चार चार मन्त्रालय, जसपालाई दुई र स्वतन्त्र सांसद राजीव गुरुंगलाई एक मन्त्रालय दिने सहमती भएको छ । मन्त्रालयका विषयमा छलपल गर्न शनिबार बसेको बैठकमा जसपाका हरिशरण आचार्यले अर्थमन्त्रालय आफुलाई चाहिने अडान नछाडेपछि त्यसै टुंगिएको थियो ।