

बाबु डिलबहादुर र आमा सन्तु कुँवरका सुपुत्रका रुपमा उनको जन्म २०३१ सालमा भएको हो । घरको आर्थिक स्थिति कमजोर नै थियो । डाइटको लागि र पोशाकको लागि उनले फेवामा डुंगासमेत चलाए । स्कुलेजीवनमा उनले फुटबल, भलिबल, एथलेटिक्स पनि खेले । तर जीवन पानीमै बित्यो । खेलमा उनको एचिभेन्ट हेर्दा आठौं साफमा नेपालका लागि कास्य पदक जिते भने भारतमा भएको १३ औं एशिया प्यासिफिक स्वीमिङ तथा इभिङ प्रतियोगितामा देशको प्रतिनिधित्व गरे । सातौं साफमै पनि उनी क्लोज क्याम्पमा पर्न सफल भएका थिए । यस्तै सन् १९९६ मै फेवातालमा भएको सातौं स्टार अन्नपूर्ण टाइथनमा सहभागिता, नवौं राष्ट्रिय पौडी प्रतियोगितामामा २ रजत र ३ कास्य, १० औं राष्ट्रिय पौडी प्रतियोगितामा ३ रजत र २ कास्य, चौथो राष्ट्रिय खेलकुदमा ३ रजत, दीपेन्द्र जन्मोत्सव कप पौडी प्रतियागितामा १ स्वर्ण र २ रजत हात पारे । बेगनासमा २०५५ मा सम्पन्न खुला पौडी प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भए ।