पहिरो व्यबस्थापनमा पहल गर्ने आश्वासन

पोखरा, असार २० गते । गण्डकी प्रदेशका सांसद रामजी प्रसाद बराल (जीवन) ले पोखरा १९ स्थित वेशीचोकमा गएको पहिरोको अवलोकन गर्दै पहिरो व्यबस्थापनमा आवश्यक पहल गर्ने बताएका छन्। आइतबार पोखराको घार्मी हुदै वेशीचोक पुगेका सांसद बरालले तत्काल पहिरो व्यबस्थापना कठिन हुने बताउदै पहिरो खस्न रोकिएसंगै त्यसको व्यबस्थापन सहित सडक संचालनको लागि आवश्यक पहल गर्ने बताएका हुन्।

पहिरो व्यबस्थापन सहितको त्यस क्षेत्रको सडक निर्माणमा अल्पकालिन र दृर्घकालिन रुपमा राम्रो इन्जिनियरिङ गरेर व्यबस्थापन गर्नुपर्ने सांसद बरालको भनाई छ । राम्रो इन्जिनियरिङ गर्न नसक्दा नेपालका धेरै सडक, पुल सहितका भौतिक पूर्वाधार बर्षादको पानीले जोखिम निम्ताउने गरेको उनले दाबी गरे ।

पुर्वाधार विकास कार्यालय कास्कीका डिभिजन प्रमुख दिनेश घिमिरेले गत बर्ष पनि बर्षादको समयमा ठुलो पहिरो आएको कारण करिब ४० लाख लगानीमा ग्वाविन तार झाली सहित सडक निर्माण भए पनि हाल सोही स्थानमा ठुलो पहिरो आएको बताए । हाल पनि पहिरो नरोकिएकोले पहिरो रोकिय पछि मात्र सडक संचालन सहित पहिरो व्यबस्थापन गर्नुपर्ने उनले जनाए । धेरै पटक जेसिभिबाट सडकमा आएको पहिरो हटाउदै आए पनि यस पाली ठुलो मात्रामा र हाल पनि पहिरो खस्नेक क्रम नरोकिएकोेले तत्काल सडक खुलाउन नसकिने भएको पोखरा १९ का वडा अध्यक्ष शोभामोहन पौडेलले बताए । तल्लो क्षेत्रमा भोटिखोला सिंचाई योजना भएकोले पहिरोले लगेकोले १०÷१० इन्चका दुई वटा पाइपको सहायताबाट पानीको सिंचाईको व्यबस्थापन गरिएको उनले जनाए । दृर्घकालिन सोच बनायर पहिरोलाई व्यबस्थापन गर्न नसके मिनि कृष्ण भिरको रुपमा वेशीचोक पहिरोको उच्च जोखिममा हुने भएको अध्यक्ष पौडेलले बताए ।

राम्रोसंग इजिनियरिङ गर्न नसक्दा र पोखरा महानगरपालिकाले घार्मी देखि आएको सडक तथा नालाको पानीलाई व्यबस्थापन गर्न नसक्दा यसपाली पनि सोही ठाँउमा ठुलो पहिरो गएकोे स्थानिय चन्द्रे सुनारले बताए । यस बर्ष पनि असारको दोश्रो हप्तामा पहिरो आएकोले हाल पनि पहिरो खस्ने क्रम नरोकिएकोले गर्दा आफुहरुको बस्ती नै जोखिममा भएको सुनारले गुनासो गरे । नाम नवताउने सर्तमा एक युवाले विना इन्जिनियरिङका कारण गत बर्ष भएको लगानी यस बर्ष वालुवामा पानी हालेसरी स्वाहाँ भएको दाबी गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...