गण्डकी प्रदेश प्रहरी गतिविधि तथा घटनाहरु

लमजुङ: मृत अवस्थामा फेला

मिति २०७८।०३।२२ गते अन्दाजी ०८:०५ बजेको समयमा जिल्ला लमजुङ मध्यनेपाल नगरपालिका-८ रामबजार स्थित मादी खोलाको किनारमा एक महिलाको शव रहेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटिगइ बुझ्दा मृतक जिल्ला कास्की मादि गाउँपालिका-९ मुग्रेबेसि बस्ने वर्ष अन्दाजी-३५ कि कल्पना अधिकारी रहेको खुल्न आएको, घटनाका बिषयमा थप अनुसन्धान भइरहेको ।

 

तनहुँ: करेन्टलागि घाईते

मिति २०७८।०३।२२ गते अन्दाजी १०:३० बजे जिल्ला तनहुँ व्यास नगरपालिका-१० कुमालटार बस्ने वर्ष १२ को सन्जिब दरै मादी खोलाको किनारमा पौडी खेल्ने क्रममा बिजुलीको पोल ढली करेन्टलागि घाइते भई उपचारकोलागि रत्नहरी अस्पतालमा ल्याईएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटिगएको, अवस्था मध्यम, घटनाका बिषयमा थप अनुसन्धान भइरहेको ।

 

पर्वत: पहिरो आई पशुचौपाया क्षति

मिति २०७८।०३।२१ गते राति अन्दाजी २०:३० बजेको समयमा जिल्ला पर्वत महाशिला गाउँपालिका-१ होस्राङदी पहाडकुना बस्ने दान बहादुर रानाको गोठ वर्षातको कारण भत्कीदाँ गोठमा बाँधिएको २ वटा भैसी र २ वटा बाख्राको मृत्यु भएको, मानविय क्षति नभएको भन्ने खबर आज मिति २०७८।०३।२२ गते बिहान ०६:५० बजे प्राप्त हुनासाथ प्रहरी टोली खटिगई घटनाका विषयमा थप अनुसन्धान भइरहेको ।

 

पर्वत: चट्याङ लागि पशुचौपायको मृत्यु

मिति २०७८।०३।२२ गते राती ००:०५ बजेको समयमा जिल्ला पर्वत जलजला गाउँपालिका-८ लुपराङ बस्ने तिलक बहादुर रेग्मीको खोरमा बाधेर राखेको १ वटा ब्याउने बाख्रा अचनाक परेको चट्याङ लागि मृत्यु भएको, मानविय क्षति नभएको भन्ने जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटिगइ घटनाका बिषयमा थप हनुसन्धान भइरहेको ।

 

 

श्रवण कुमार बि.क.

(प्रहरी नायव उपरीक्षक)

मो.न. ९८५६०८८०९०

 

 

पोखरा        मिति २०७८।०३।२२गते।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...