काठमाडौं, असार २५ गते । पछिल्लो २४ घण्टामा थप एक हजार ४७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ३० जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ३४० जनाको मृत्यु भैसकेको छ ।पछिल्लो २४ घण्टामा एक हजार ३१६ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.५१ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।