पोखरा, असार २६ गते ।गण्डकी प्रदेश सरकारका २ विनाविभागीय मन्त्री हरिशरण आचार्य र दीपक मनाङेले जिम्मेवारी पाउनु भएको छ । आचार्यले उर्जा, जलस्रोत तथा खानेपानी र राजीव गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनु भएको हो ।
आन्तरिक किचलोका कारण सरकार बनेदेखि विना विभागीय मन्त्री बन्नु भएका दुवै मन्त्रीले जिम्मेवारी लिन स्वीकार गर्र्नुभएको हो । आचार्यले अर्थ मन्त्रालय पाउनुपर्ने माग गदै जिम्मेवारी नलिने बताउदै आउनु भएको थियो भने मन्त्री गुरुङले भौतिक पूर्वाधार मन्त्रालय पाउनुपर्ने माग गदै आउनु भएको थियो । अन्तत दुवै मन्त्रीले आफुले मागे भन्दा फरक मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
विश्वासको मत लिने दिन ४ असारमा कांग्रेस नेतृत्व सरकारले जसपालाई अर्थसहित २ मन्त्रालय दिने सहमति गरेपनि सहमति तोडेपछि विवाद भएको थियो भने अर्का मन्त्री मनाङेले आफूले भौतिक पूर्वाधार पाउनु पर्ने अडान राखेका थिए । दुवैले लचिलो हुदैँ जिम्मेवारी लिएका छन् । यो सँगै गण्डकीमा ४ जना मन्त्रीको जिम्मेवारीको टुंगो लागेको छ । यसअघि कुमार खड्काले सामाजिक विकास तथा मधुमाया अधिकारीले स्वास्थयको जिम्मा सम्हाल्नुभएको छ ।