पोखरा महानगर प्रमुख जिसीको शल्यक्रिया सफल

पोखरा, साउन २ गते ।पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीको शल्यक्रिया सफल भएको छ । करिव दुई घण्टा लगाएर न्युरो अस्पतालको न्युरो सर्जनहरुको टिमले गरेको शल्यक्रिया सफल भएको हो ।उहाँको स्वास्थ्य अवस्था हाल सुधारात्मक रहेको बताइएको छ ।

२४ घण्टा प्रत्यक्ष निगरानीमा उपचार गरेपछि न्युरो अस्पतालको चिकित्सकको टोली शल्यक्रिया गरिएको हो । शुक्रबार बिहान ४ बजे अचानक अप्ठेरो महसुस गरेका मेयर जिसीलाई मेडिप्लस हुँदै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । मणिपालका चिकित्सकले मस्तिष्कघात पुष्टि गरेका थिए ।

 

हल्का स्वेलिङ्ग (सुन्निए)काले अप्रेशन गर्नु परेको हो । ४८ घण्टा भित्रै शल्यक्रिया गर्दा राम्रो हुन्छ भन्ने निष्कर्षमा चिकित्सक टोली पुगेपछि उहाँको शल्यक्रिया गरिएको हो । मेयर जिसीलाई शुक्रबार बिहान ११ बजे हेलिकोप्टरमा काठमाडौं लगिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...