वरिपरि हरियाली जंगल । फेवाताल र पोखरा बजार । आखाँ अगाडी देखिने हिमश्रृखला । त्यहाँ पुग्ने आन्तरीक तथा बाह्य पर्यटकलाई लोभ्याउने दृश्य । पोखराबाट नजिकै रहेर पनि ओझेलमा परेको पुम्दीकोटबाट देखिने दृश्य हो । १५ सय मिटरको उचाईमा रहेको पुम्दीकोट ओझेलमा परेको छ । त्यही पुम्दीकोट अहिले आन्तरीक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । आन्तरीक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न ५२ फिट अग्लो शिवको मुक्ति स्थापना गरिएपछि त्यहाँ आन्तरीक पर्यटकको भिड बढेको छ ।
पोखरा उपत्यकासहित हिमशृङ्खला अवलोकन गर्न सकिने पोखरा महानगरपालिका–२२, पुम्दीकोटमा शिवको विशाल मूर्ति स्थापना गरिएको हो ।
पोखरा बजार नजिकै रहेको पुम्दीकोटलाई विशेष पर्यटकीय क्षेत्र बनाउने योजनाअनुसार मूर्ति स्थापना गरिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिनुभयो । पुम्दीकोटको कोट पर्यटन प्रवद्र्धनका लागि पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ४० करोडको योजना कार्यान्वयनमा रहेको छ ।
४० करोडको योजनामध्ये अहिलेसम्म २० करोड रुपियाँको काम सकिएको छ । ४५ देखि ५० प्रतिशत काम सकियो । उहाँका अनसार शिव मूर्ति स्थापना, एक सय आठ शिवलिङ्ग स्थापना एक आठद्वारी सिँढी, १८ वटा सटरसहितका कोठा, अफिस, टिकट काउन्टर निर्माण भएका छन् । मूर्तिसम्म पुग्न अपाङ्गतामैत्री मार्गसमेत हुनेछ ।
नेपाल सरकारले ३० वर्ष भोगाधिकारका लागि उपलब्ध गराएको २२ रोपनी जमिनमध्ये पाँच रोपनीमा भ्युटावर शिवको मूर्ति निर्माण भएको उहाँले बताउनुभयो । शहीद स्मृति पार्क, ज्येष्ठ नागरिक मिलन केन्द्र, ग्रिनरी पार्क, सुमेरु पर्वत बनाई कुमार, पार्वती स्थापना, आकर्षक वाटर फाउन्टेन, बहुउद्देश्यीय भवन, बगैँचालगायतका संरचना निर्माण हुनेछन् ।
शिवको मूर्ति हिल ट्याङ्क प्रालिका प्रबन्ध निर्देशक कमल जैनले प्रदान गर्नुभएको बरालले जानकारी दिनुभयो । महायज्ञबाट छ करोड २५ लाख, सङ्घ सरकारबाट चार करोड, प्रदेश सरकारबाट एक करोड ५० लाख, पोखरा महानगरपालिकाबाट एक करोड ५० लाख, विभिन्न सङ्घसंस्थाबाट एक करोड ५० लाख, वीरगञ्ज निवासी मुरलीधर रुक्मागतबाट एक करोड, विष्णु बरालबाट ५० लाख रुपियाँ रकम सङ्कलन भएको बरालले जानकारी दिनुभयो ।