कृषिलाई ब्यवसायीक र आधुनिकरण गर्नुपर्छ : काबा प्रमुख गुरुङ

पोखरा, साउन ७ गते ।पोखरा महानगरपालिकाले बाख्रा पालक किसानलाई अनुदान वितरण गरेको छ । महानगर पशु सेवा शाखाले पोखरा महानगपालिका वडा नम्वर १६ र २० का किसानलाई लागत साझेदारीमा बाख्रा प्रर्बद्धन कार्यक्रम अन्तगत बाख्रा खरिदमा अनुदान बितरण वितरण गरेको हो । दुई वडाका ५० बाख्रा किसानलाई प्रति ब्यक्ति २० हजारका दरले अनुदान वितरण गरेको हो । पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङ, पोखरा १६ का अध्यक्ष जीवनप्रसाद आचार्य र पोखरा २० का अध्यक्ष सिम गुरुङले किसानलाई विहिबार वितरण गर्नुभयो ।

महानगरले १० लाख रुपैयाँ वितरण गरेको हो । त्यस्तै १ लाख मुल्य बराबरका दुई ब्याडे बोका समेत दुई वडालाई दिइएको महानगर पशुसेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो । महागनरले कृषिलाई प्राथमिकता दिएर किसानलाई प्रोत्साहन गर्ने कार्यक्रमहरु सञ्चालन गरेको महानगर काबा प्रमुख गुरुङले बताउनुभयो । आर्थिक समृद्धिको प्रमुख आधार कृषि र पशु रहेको बताउदै उहाँले कृषि क्षेत्रलाई ब्यवसायीक र आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो । ‘अव निर्वाहमुखी हैन,कृषिलाई ब्यवसायीक र आधुनिकिरण गर्नुपर्ने खाँचो रहेको छ’ उहाँले भन्नुभयो । पोखरा पर्यटकीय शहर भएपनि कोरोना भाइरसका कारण प्रभावित भएको बताउदै समृद्धिको प्रमुख आधार कृषिको क्षेत्रमा ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले महिलाई ब्यवसायीक बनाउदै आर्थिक रुपमा सवल र सक्षम बनाउन उपप्रमुखसंग महिला कार्यक्रम समेत सञ्चालन गरिएको बताउनुभयो । उपप्रमुखसंग महिला कार्यक्रम मार्फत ऋण लिएर कृषिमा लगानी गर्न सकिने समेत बताउनुभयो । कार्यक्रममा पोखरा १६ का अध्यक्ष जीवनप्रसाद आचार्यले आफनो वडा ग्रामीण क्षेत्र भएकाले पुशपालनमा सम्भावना रहेको बताउनुभयो । उहाँले स्थानीय जातका बाख्राको माग बढी रहेको बताउदै स्थानीत जातका बाख्र्रा पालनमा जोड दिनुपर्ने समेत बताउनुभयो ।

 

 पोखरा २० का अध्यक्ष सिम गुरुङले पशुपालनमा किसानलाई अनुदानले प्रोत्साहन थप्ने बताउदै ब्यवसायीक रुपमा गर्न आग्रह गर्नुभयो । बाख्रा किसान दुर्गाबहादुर गुरुङले किसानलाई धेरै समस्या रहेको बताउदै अनुदानका लागि प्रक्रिया झन्झटिलो रहेको बताउदै कर तिर्न एकद्धार प्रणालीको विकास गर्न आग्रह समेत गर्नुभयो । कालिखोला बाख्रा पालन समितिका अध्यक्ष यमप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कृषि सञ्जाल पोखरा १६ का अध्यक्ष सुभाष अधिकारीले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...