अखिल नेपाल किसान महासंघद्धारा पोखरामा प्रर्दशन

एकराज गिरी/पोखरा,मंसिर २ गते । अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटीले आज पोखरामा प्रर्दशन गरेको छ । पोखराको चिप्लेढुंगामा किसानका सम्पूर्ण माग पुरा गर भन्दै किसान सभा गरेको हो ।

किसानहरुले कृषि नीति निर्माण गर, जलवायुमैत्री कृषि अवलम्वन गर, प्रदेश नाकामा कृषि क्वारेन्टाइन निर्माण गर, कृषि उत्पादनमा आधारित अनुदान दे, किसानलाई पेन्सन दे, कृषि विमाको ग्यारेन्टी गर लगायतका नारा लेखेका प्लेकार्ड बोकेर प्रर्दशन गरेका हुन् ।

किसान सभालाई नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष धनञ्जय दवाडीले सम्वोधन गर्दै किसानले उत्पादन गरेका सामग्रीले उचित मुल्य पाउन नसकेको बताए ।उनले उत्पादनको ३० प्रतिशत योगदान देशको कुल उत्पादन ग्रहस्त(जीडिपी)मा रहेको भएपनि किसानहरुको अवस्था कठिन रहेको बताए । किसानले उत्पादन गरेको सामग्रीले बजार पाउन नसकेका कारण खेर गरएको बताउदै विना रोकतोक विषादियुक्त तरकारी भित्रिएका कारण स्थानीय किसानले मुल्य पाउन नसकेको बताए । उनले किसानका पक्षमा काम गर्नुपर्ने बताए । तीन तहका सरकार मध्य नीति केन्द्र संघकाले नीति, प्रदेश सरकारले कार्यान्वयन र स्थानीय सरकारले बजारको व्यवस्थापन गरे किसानको उत्पादनले मुल्य पाउन सहज हुने बताए ।

 

अखिल नेपाल किसान संघ स्थायी कमिटी सदस्य चुडामणी बरालले आफना माग सरकारले सम्वोधन नगरेका कारण किसान पीडित रहेको बताए ।उनले आफना मागहरुलाई सम्वोधन गर्न ज्ञापनपत्र बुझाएको भएपनि सम्वोधन नभएका कारण प्रर्दशनमा उत्रेको बताए ।अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेशका अध्यक्ष गोवर्धन गौलीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव महेश्वर दवाडीले संचालन गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...