कास्की: सवारी दुर्घटना
मिति २०७८।०४।०९ गते अन्दाजी २३:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका-२६ बुढीबजार स्थित ग १च ९२४५ नं.को भेन र ग २१ प १२५० नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला दोलखा मालि गाउँपालिका घर भई हाल पोखरा-२६ बस्ने वर्ष २३ को बिनोद क्षेत्री घाईते भई उपचारको क्रममा मृत्यु भएको, मोटरसाईकल पछाडी सवार ऐ.ऐ. बस्ने वर्ष १९ को साङ्गे शेर्पा घाईते भएको, अवस्था सिरियस, गाडीमा सवार जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका-१२ बस्ने वर्ष २८ को विशाल गुरुङ र रिसिङबस्ने वर्ष २४को जयराम थापा समेत घाईते भएको, घटनाका बिषयमा थप अनुसन्धान भइरहेको ।
बागलुङ: २२ नाल भरुवा बन्दुक फेला
मिति २०७८।०४।१० गते ११:३० बजेको समयमा प्रहरी चौकी बुङगादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले जिल्ला बागलुङ तमानखोला गाउँपालिका-०४ लाममेला स्थित घट्टेखोला नजिकै रहेको ओढारमा लुकाई छुपाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक १२ नाल र ऐ.तमानखोला गाउँपालिका-३ मार्के खोलाको ओढारमा लुकाई छुपाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक १० नाल फेला पारेको,दुवै ठाँउमा फेला परेको जम्मा २२ नाल भरुवा बन्दुक बरामद गरिएको,उक्त भरुवा बन्दुक को-कस्ले राखेको भन्ने नखुलेको,अनुसन्धान कार्य भईरहेको ।