पोखरा, साउन १२ । नेपालीकाँग्रेसको १४औं महाअधिवेशन अन्योलको स्थितीमा छ, तैपनि नेताहरुबीच नेतृत्वमा आउने इच्छाहरु धमाधम आइरहेको छ यहि समयमा मोहनकुमार प्रधानंको पोखरा ३२ नेका सभापतिमा उम्मेदवारी आएको छ ।२०४६ सालको जनआन्दोलन बाट प्रभावितभई नेपालीकांग्रेसमा आबद्ध भई २०४८मा संसदीय उमेदवार अत्यधिक मतले बिजय गराउन सकृय भुमिका खेलेको बताउदै वडा सभापतिमा आफु सक्षम रहेको जनाउनुभयो ।
२०६२ र ६३ जनआन्दोलनमा नेकाको वडा देखि जिल्ला र केन्द्र सम्म जनआन्दोलन सहभागी भई आन्दोलनमा जेल नेल परेको र आफुले पाटीमा धेरै त्याग गरेकोले अहिले वडा सभापतिमा उम्मेदवारी दिने निर्याय गरेको बताउनुभयो । आफुलाई वडा सभापतिमा साथीभाईले सहयोग गरी जिताउने विश्वास पनि व्यक्त गर्नुभयो ।
मोहनकुमार प्रधान क्षेत्र १ पुर्व क्षेत्रीय तरूणदल कार्यसमिति सदस्य तथा क्षैत्र १ पुर्व क्षेत्रीय जनजाति सघ सदस्य तथा अपांग नगर समन्वय उपाध्यक्ष पुर्व लेखनाथनगरपालिकाको तथा १२ र १३औं नेका क्षेत्रीय प्रतिनिधी तथा पोखरा ३२ नेका सहल्लाहकार तथा विभिन्न संघसस्थामा सहभागी,गोगन उच्चमाविको अभिभावक सघको सदस्य, पोखरा ३२ मजुवा कालिका आधारभुत बिद्यालयको ब्यवस्थापन समिति सदस्य तथा नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला आजीवन सदस्य तथा नेपाल रेटक्स पोखरा ३२ उपशाखा कार्यसमिति सदस्य हुनुहुन्छ ।