आफनो अधिकार बारे महिला सचेत हुनुपर्छ :काबा प्रमुख गुरुङ

पोखरा, साउन १४ गते । पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले महिलाहरु आफनो अधिकार बारे सचेत र जानकार हुनुपर्नेमा जोड दिनुभयो । पोखरा महानगरपालिका वडा नम्वर १४ ले आयोजना गरेको उपप्रमुखसंग महिला कार्यक्रम अन्र्तगत कानूनी सचेता एवं महिला शसक्तिकरण कार्यक्रमको उद्घाटन गदै महिलाहरुले आफनो अधिकार र कानूनी ज्ञान नहुदाँ समस्यामा पर्ने गरेको बताउनुभयो ‘।सविधानले महिलाका धेरै अधिकार स्थापित गरेको भएपनि जानकारी नहुदाँ पछाडि पर्नु परेको छ ।’

उहाँले महिलाहरु सामाजिक, आर्थिक र राजनीतिक रुपमा सशक्त हुनुपर्नेमा समेत जोड दिनुभयो । महिलाहरुलाई सचेत बनाउन उपप्रमुखसग महिला कार्यक्रम मार्फत कानूनी सचेता कार्यक्रम समावेश गरिएको हो उहाँले भन्नुभयो,‘आर्थिक रुपमा सवल र सक्षम नहुदाँसम्म आधिकार प्राप्त गर्न सकिदैन् ।’ स्थानीय तहहरुमा हुने विवादलाई समाधान गर्न स्थानीय तहहरुमा न्यायिक समितिको व्यवस्था संविधानमा गरिएको बताउदै न्यायिक समितिले सम्पादन गर्ने कार्यहरु बारे समेत जानकारी लिनुपर्नेमा जोड दिनुभयो ।

 

पोखरा महानगर वडा नम्वर १४ का अध्यक्ष प्रेमबहादुर कार्कीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्या योशोदा भटराई, काँग्रेस वडा इकाई सभापति बोधराज कार्की, वडा सदस्य ढोलबहादुर गुरुङ लगायतले बोल्नुभएको थियो । कार्यक्रममा महानगरका कानून अधिकृत राममणी अधिकारीले न्यायिक समितिको व्यवस्था र कार्यक्षेत्र बारे सहजीकरण गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...