पोखरा, साउन १५ गते ।गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण दर बढेको छ । पछिल्लो २४ घण्टामा ४६७ नयाँ संक्रमित थपिएका छन् ।निषेधाज्ञा खुकुलो भएसंगै गण्डकी प्रदेशमा संक्रमण बढेको हो । गत बैशाखमा निषेधाज्ञा थपिएपछि घटेको संक्रमण दर पछिल्ला दिनमा बढेको छ । गण्डकीका ११ जिल्ला मध्य कास्कीमा सबैभन्दा धेरै २०२ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै नवलपरासीमा १०४, स्यांजामा २६, बाग्लुंगमा १९, तनहुँमा ५, लमजुगमा ४०, गोरखामा ६०, पर्वतमा ६, म्याग्दीमा ३ र मनागमा २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गण्डकीमा पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका ३ र स्यांजाका २ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।गण्डकीमा शुक्रबार २३ जना कोरोना संक्रमण मुक्त भएका छन् । गण्डकीमा संक्रिय संक्रमितको संख्या ४६६९ पुगेको छ । अहिलेसम्म सक्रमणबाट १०८८ पुगेको छ ।