पोखरा, साउन १६ गते । अमेरिकाको चर्चित म्यागेजिनको मुख्य पृष्ठमा उत्सव सिहंको तस्विर छाप्न भोटिङ गर्न आह्वान गरिएको छ । अमेरिकाको मार्शल एण्ड फिटनेश म्याग्जिनकोको मुख्य पृष्ठ (कभर पेज)का लागि उत्ककृष्ट आठमा सिंह परेका छन् । आठ जनाबाट सबैभन्दा धेरै भोट ल्याउन मध्यबाट एकजनाको फोटो मुख्य पृष्ठमा छापिने छ ।
अमेरिकाको टेक्ससमा वस्दै आएका शारिरिक सुगठनका खेलाडी उत्सव सिंह सेमिफाइनलको नतिजा बाट फाइनल चरणमा प्रवेश गर्न सफल भएको बताइएको छ । उक्त पत्रिकाको मुख्य पृष्ठमा कभर फोटो प्रकाशित भए नगद २० हजार अमेरिकी डलर प्राप्त गर्ने सिहं जिताउ अभियानका अभियान्ता बिनोद कायस्थले जानकारीदए । उनले सन् २०१९ मा अमेरिकाको मेरिल्याण्ड राज्यमा सम्पन्न क्यापिटल प्रिक्स प्रतियोगितामा आफनो तौल समुहमा पहिलो पटक स्वर्ण पदक जितेका थिए । शारीरिक सुगठनमा पहिलो स्वर्ण पदक जित्ने नेपाली खेलाडीमा उनले नाम समेत लेखाए भने चर्चित म्याग्जिन पत्रिका ‘फिचर्ड मसल एण्ड फिटनेस’ नामक पत्रिकामा उत्सवले ८ जना प्रतिष्पर्धीमा समेत आफुलाई उभ्याए ।
बुटवल स्थायी घर भएका उत्सवलाई भोटिंग गर्न अभियान्ता कायस्थले सबै नेपालीसंग आग्रह गरेका छन् । पोखरामा शनिबार पत्रकार सम्मेलन गरेर एउटा नेपालीले आफनो खर्चमा यति ठूलो सफलता प्राप्त गरेको भन्दै उनलाई भोटिंग गरेर सहयोग गर्न आग्रह गरे । भोटिंगका लागि शनिबार सहित ६ दिनको समय रहेको छ । जुलाई ३० देखि अगस्त ५ अर्थात २०७८ साउन २१ गतेसम् भोटिंग खुल्ला रहेको छ । उत्सवलाई जिताउन तलको लिंंकमा क्लिक गरेर भोटिङ गर्न सकिनेछ :
https://featured.muscleandfitness.com/2021/utsav-sing?fbclid=IwAR2KUmL2ivOueKDapojGtA2RWGX9ZuYwNthxlatkDb6WRivbBZdo5Jg78Ao