लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता

बुटवल, साउन १९ गते । लुम्बिनी प्रदेशका काँग्रेससहितका विपक्षी गठबन्धन दलका सांसदहरुले  मङ्गलवार दिउँसो लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।


विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मङ्गलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

लुम्विनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरलाई ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुझाइएको अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ । विपक्षी गठवन्धनले यस अघि पनि प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गर्दा केसीलाई नै मुख्यमन्त्री प्रस्ताव गरिएको थियो ।

सोमवार गठबन्धन दलहरुले मुख्यमन्त्री नेतृत्वको वर्तमान सरकार संविधानको धारा १६८ को उपधारा १ बमोजिम गठन भए पनि सरकार संयुक्त रहेको र त्यो अवैधानिक र अल्पमतमा परेकाले २ बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुख अमिक शेरचनसँग माग गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...