कञ्चन पत्रकारिता पुरस्कार शान्ति गुरुङ र केबी रानालाई

पोखरा, साउन २० गते ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कार–२०७८’शान्ति गुरुङ (कास्की) र केबी रानामगर(नवलपुर)लाई प्रदान गरिने भएको छ ।प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार महासंघको मंगलबारको बैठकले नाम अनुमोदन गरेको अध्यक्ष एमबी आस्थाले जानकारी दिए । पुरस्कार राशिजनही २५ हजार र सम्मानपत्र छ ।


अधिवक्ता सुरेन्द्र थापामगर संयोजक प्रतिभा छनोट समिति र सदस्यमा अधिवक्ता जुनाकुमारी गुरुङ, पत्रकार हुम गुरुङ तथा एमबीआस्था र रुद्र श्रीष मगर थिए ।पुरस्कृत हुने गुरुङ रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र पोखरामा कार्यरत र मगर नवलपुरको देवचुली टिभीमा कार्यरत छन । उनीहरुलाई साउन २७ मा पोखरामा एक समारोह आयोजना गरी पुरस्कृत गरिनेछ ।

पोखराका प्रतिष्ठित व्यवसायी बिमलमान गुभाजु र उनका परिवारले आफ्ना बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा सो पुरस्कार स्थापना गरेका हुन् ।गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष सो पुरस्कार प्रदान गरिँदै आएको छ । यसअघि बागलुङका राजेन्द्रमान राजभण्डारी र कास्कीका रुद्रबहादुर थापाले उक्त पुरस्कार प्राप्त गरिसकेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...