पोखरा, साउन २० गते ।कार्कीनेटा सम्पर्क समाज पोखराको पदस्थापना कार्यक्रम मंगलबार सम्पन्न भएको छ। तेस्रो अधिवेशनबाट वर्ष २०७७–७९ का नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन मण्डलका संयोजक उषा शर्माले सपथ ग्रहण गराउनुभएको थियो।
संयोजक शर्माले समाजका सम्पूर्ण सदस्यहरुको सहयोगले सहज परिस्थितिबाट निर्वाचन सम्पन्न गर्न सहयोग गर्नुभएकोमा सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यसमितिले आफ्नो कार्यकालमा राम्रा र स्तरीय कार्यक्रम गरि समाजको नाम उचो राख्ने काम गर्ने अपेक्षा रहेको बताउनुभयो।
त्यसैगरी समाजका सल्लाहकार ईन्द्र प्रसाद शर्माले कार्कीनेटा सम्पर्क समाज, पोखरा सुख, दुःखमा साथ दिने साथ रहेको बताउँदै अभिभावकको जिम्मेवारी निर्वाह गर्न समाज चुक्नु नहुने बताउनुभयो। त्यसैगरी समाजले जन्मथलोको कार्कीनेटाको विकासका लागि विशेष योजना सहित अगाडि बढी सम्बन्धित निकायमा महत्वपूर्ण सल्लाह सुझाव दिन सकिने स्पष्ट पार्नुभएको भएको थियो।
त्यसै गरी समाजका सल्लाहकार गोविन्द प्रसाद शर्माले कार्कीनेटाबाट कामको सिलसिलामा पोखरा बसोबास गर्नुभएका सम्पूर्णले आफ्ना पिर, मर्का, सुख, दुःख साट्ने चौतारी रहेको बताउनुभयो। नयाँ कार्यसमितिले समाजको हितको लागि काम गर्नको लागि बातावरण बनाओस् भन्दै हामी हैस्टेमा होस्टे गर्दै सहयोग गर्दछौ, उहाँले भन्नुभयो।
समाजका पूर्व अध्यक्ष प्रदिप पौडेलले अघिल्ला कार्यसमितिले सन्तोषजनक काम गरेको बताउँदै नयाँ समितिले अझ राम्रा काम गर्न सफलता मिलोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो।
त्यसैगरी नवनिर्वाचित अध्यक्ष सिता शर्माले आफूलाई विश्वास गरी नेतृत्वको जिम्मेवारी दिएकोमा खुसी व्यक्त गर्दै, संस्थाप्रति उत्तर दायित्व अझ थप भएको बताउनुभयो। उहाँले संस्था स्थापनाको लक्ष्य र उदेश्य अनुरुप आफूले काम गर्ने बताउदै दुःख र सुखको सारथी समाज भएकोले कार्यसमितिको मात्रै जिम्मेवारी नभई समाजका साधारण सदस्य देखि आजिवन सदस्य सम्पूर्णको उत्तिकै हात रहेको बताउनुभयो।
अध्यक्ष शर्माले काम गर्ने क्रममा त्रुटी भएमा सल्लाह र सुझाव दिनुभएमा सच्चाउने अवसर मिल्ने बताउनुभयो। आफ्नो कार्यकालमा संस्थाको शिरलाई उचो राख्ने बताउँदै समाजका सम्पूर्ण सदस्यहरुले आवश्यक सहयोग गर्न अनुरोध गर्नुभएको थियो।
निवर्तमान अध्यक्ष आरसी शर्मा (रामचन्द्र)ले आफ्नो कार्यकाल सम्पन्न गर्न सहयोगी सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै संस्थाको विकासको लागि निरन्तर लागि पर्ने बताउनुभयो। उक्त कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई टिका, खादा लगाइनुका साथै प्रमाणपत्र दिइएको थियो। भने निर्वाचन मण्डललाई निवर्तमान अध्यक्ष आरसी शर्मा (रामचन्द्र)ले मायाको चिनोले सम्मान गर्नुभएको थियो।
संयोजक उषा शर्माको अध्यक्षतामा भएको कार्यक्रम निर्वाचन मण्डलका सदस्य झलक शर्माले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।