पोखरा, साउन २० गते । स्याङ्जामा घरको तलाबाट लडेर एक जनाको मृत्यु भएको छ । स्याङ्जा चापाकोट नगरपालिका–८ बस्ने वर्ष ४० को रामचन्द्र अवस्ती आफ्नै घरको १ तला माथिबाट पिसाब फेर्न जाने क्रममा लडि घाईते भएका थिए ।
घाइते अवस्तीको उपचारको लागि चापाकोट अस्पतालमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश कार्यालय पोखराले जनाएकोछ । घटना बारे जानकारी हुदे वित्तिकै प्रहरी टोली गएको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।