दुई हजार १३७ जनामा सङ्क्रमण पुष्टि, ५५ जनाको मृत्यु

काठमाडौं, साउन २४ गते । पछिल्लो २४ घण्टामा दुई हजार १३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नौ हजार ३३ जनामा आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।यस्तै, तीन हजार ३४५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४११ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार २९ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ५५ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ९३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...