नेपाली फुटबल टिमको बन्द प्रशिक्षणको भिडियो र फोटो खिच्न रोक

पोखरा, साउन २८ गते । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द्र प्रशिक्षण पोखरा रंगशालामा सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का संयोजक कृष्णभक्त मानन्धरको नेतृत्वमा २७ सदस्यीय फुटबल टोली मंगलबार साँझ पोखरामा आएको थियो । बुधबारबाटै प्रशिक्षण हुने भनिएपनि बिहिबारबाट सुरु भएको हो ।

बन्द प्रशिक्षणको भिडियो र तस्विर खिच्न रोक लगाइएको छ । राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु हुने जानकारी पाएर पोखरा रंगशाला पुगेका पत्रकारहरुलाई भिडियो र फोटो खिच्न नपाइने जानकारी अखिल नेपाल फुटबल संघ(एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले बताए ।माथिबाटै भिडियो र फोटो खिच्न नदिने कुरा भएकाले यहाँहरु मैदानभित्र प्रवेश नगर्न आग्रह गर्दछु उनले भने ।मैदानमा प्रशिक्षण गरेको खिच्न नपाएपछि बसबाट झदै गरेको भिडियो खिच्न खोजेका पत्रकारहरुलाई अध्यक्ष गुरुङ त्यो पनि नखिच्न आग्रह गरेपछि पत्रकारहरु त्यसै फर्केका थिए । अध्यक्ष गुरुङले एक हप्तापछि बरु पत्रकार सम्मेलन गर्ने तर अहिले भिडियो र फोटो नखिच्न आग्रह गदै भने मैले माथि धेरै कुरा गरे तर पत्रकारसंग कुराकानी, फोटो भिडियो खिच्न नदिने भन्ने छ ।त्यसैले तपाईहरुले नखिच्नुहोला ।’

बन्द प्रशिक्षणको पहिलो दिन प्रशिक्षक विना खेलाडीहरुले प्रशिक्षण गरेका छन् । प्रशिक्षक अल्मुताइरी नभएकै कारण पत्रकारहरुलाई प्रशिक्षणको भिडियो र फोटो खिच्न रोक लगाइएको हुनसक्ने पत्रकारहरुको अनुमान थियो । एन्फा केन्द्रले बोलाएपछि प्रशिक्षक अल्मुताइरी विवादका विषयमा बयान दिन काठमाडौ गएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...
>