३ भदाै, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिडेको बताएका छन । सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाउँदै थापाले निर्दलीयता अँगाल्न तयार भएको कांग्रेसले दलहरू विभाजन गराएर गलत काम गरेको बताएका छन ।
उनले भनेका छन, ‘संविधानको धारा ७६(५)प्रयोग गर्दा सांसद निर्दलीय हुनपाउने सर्वोच्च अदालतको व्याख्या र दल फुटाउन प्रोत्साहित गर्ने अपवित्र(?)गठबन्धन सरकारको अध्यादेशले दलिय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने निश्चित छ। कंग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिड्यो। यो शुभ संकेत होइन ।’