पोखरा, भदौ ९ गते । गण्डकी प्रदेशमा संक्रिय संक्रमितको संख्या चार हजार नाघेको छ । गण्डकीमा मंगलबारसम्मको तथ्यांक अनुसार ४ हजार २ सय ९४ जना संक्रिय संक्रमित रहेका छन् । गण्डकीमा हालसम्म ७९ हजार ४ सय जना संक्रमित भएका मध्य ७३ हजार ८ सय ५९ जना कोरोना मुक्त भएका छन् । गण्डकीमा कुल परीक्षण ३ लाख १९ हजार ९० जनाको परीक्षण गरिएको छ ।
गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय ४७ पुगेको छ ।गण्डकीका ११ जिल्ला मध्य कास्कीमा सबैभन्दा धेरै संक्रिय संक्रमित रहेका छन् । कास्कीमा अहिलेसम्म ३१ ह्जार ८ सय ४६ जना संक्रमित भएका छन भने १८ सय ९२ जना संक्रिय संक्रमित रहेका छन् । २९ हजार ४ सय १९ जना कोरोनालाई जितेका छन् । हालसम्म कास्कीमा कोरोनाबाट ५ सय ३५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै स्यांजा दोश्रो नम्वरमा रहेको छ । स्यांजामा ५ सय ७ जना संक्रिय संक्रमित रहेका छन् भने ५ हजार ८ सय ६८ निको भएका छन् । कोरोनाबाट स्यांजामा १ सय ५२ जनाको मृत्यु भएको छ। गोरखामा संक्रिय संक्रमितको संख्या ४ सय ६० रहेको छ ।
निको हुनेको संख्या ६ हजा ४ सय ६८ रहेको छ भने अहिलेसम्म ५० जनाको मृत्यु भएको छ । त्यस्तै नवलपरासी पूर्वमा संक्रिय संक्रमितको संख्या ४ सय ३३ रहेको छ भने ९ हजार ४४ जना निको भएका छन् । नवलपरासीमा कोरोनाबाट १३२ जनाको मृत्यु भएको छ। बाग्लुंगमा संक्रिय संक्रमित २ सय ९५ जना रहेका छन् भने ७ हजार ५० जना निको भएका छन । बाग्लुंगमा कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ । तनहुँमा २ सय ९१ जना संक्रिय संक्रमित रहेका छन भने ५ हजार ८ सय ७५ जना निको भएका छन् । तनहुँमा १ सय २५ जनाको मृत्यु भएको छ । म्याग्दीमा १ सय ४३ संक्रिय संक्रमित रहेका छन भने २ हजार ८ सय ५० जना निको भएका छन् ।
म्याग्दीमा कोरोनाबाट ५२ जनाले ज्यान गुमाएका छन् ।लमजुंगमा १ सय ५८ जना संक्रिय संक्रमित रहेका छन् भने ३ हजार ५ सय ४२ जना निको भएका छन् । कोरोनाबाट लमजुंगमा ३७ जनाको मृत्यु भएको छ । पर्वतमा १ सय ४१ संक्रिय संक्रमित रहेका छन भने ३ हजार ३ सय ५३ जना निको भएका छन् । पर्वतमा ६६ जनाको मृत्यु भएको छ । मुस्तागमा ११ जना संक्रिय संक्रमित रहेका छन भने २ सय ५९ जना निको भएका छन् । मस्तांगमा १६ जनाको मृत्यु भएको छ । मनांगमा ३ जना संक्रिय संक्रमित रहेका छ भने १ सय ३१ जना निको भएका छन् । मनांगमा कोरोनाबाट २ जनाको मृत्युभएको छ ।