पोखरा महानगर ११ मा पहिरो, आठ घर जोखिममा

पोखरा, भदौ १७ गते । पोखरा महानगरपालिकामा बाढि र पहिरोले बितण्डा मच्चाएको छ । बुधबार साँझ परेको भिषड बर्षाले पोखराका विभिन्नमा ठाँउमा मानवीय र भौतिक क्षती पुर्याएको छ ।

पोखरा महानगर २० मा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । त्यस्तै पोखरा वडा नम्वर दशमा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ । पोखरा ११ काहुँमा एक जनाको पहिरोकै कारण मृत्यु भएको छ । पोखरा २० को ठाँउठाँउमा पहिरो गएका कारण सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक नेपाली सेना, नेपाल प्रहरीले सडक खुलाउदै पहिरोले पुरिएकाको उद्धार गरेको छ ।


त्यस्तै पहिरोले पोखरा महानगर ११ फुलबारीमा पहिरोले आठ घर जोखिममा परेका छन् भने एकजना घाइते हुनुभएको छ । पहिरोले घरको केही भाग पुरिदा भाग्न खोज्दा रितु तिमिल्सिना घाइते हुनुुभएको पोखरा ११ का अध्यक्ष मोहनप्रसात बास्तोलाले जानकारी दिनुभयो । राती ११ बजेर ४० मिनेटमा पहिरो आएको स्थानीय सिता कनोजले जानकारी दिनुभयो । राती पहिरो आयो उहाँले भन्नुभयो हामी रातभरी सुतेका छैनौ । पहिरोले आठ घर जोखिममा रहेको उहाँले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...